ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अस्पतालमा कार्यरत सिअनमी मन कुमारी कार्की सम्मानित भएकी छिन्। उनलाई जिल्ला समन्वय समिति ताप्लेजुङले सम्मान गरेको हो।
जिल्लामा रहेर उनले स्वास्थ्यमा दिएको योगदानका लागि सम्मान गरिएको हो। विशेषगरी सुरक्षित प्रसुति सेवामा उनले पुर्याएको योगदानका कारण समन्वय समितिले सम्मान गरेको जनाएको छ।