लमजुङ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताएका छन्। उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारे।
लमजुङ बेँसीसहर नगरपालिका–२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वाथ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताउनुभयो। उहाँले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्याउन सरकारले लागिपरेको बताए।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भने, “सरकार नागरिकको स्वाथ्यप्रति गम्भीर भएकाले गाउँगाउँमा सेवा पु¥याउन प्रतिबद्ध छ। उपचार सेवा कसरी सस्तो बनाउन सकिन्छ, शुल्क घटाएर वा सरकार आफैँले बेहोरेर भन्ने विषयमा छलफल भइरहेको छ।”