काठमाडौं- भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उनले भने,‘स्वास्थ्य मन्त्रालयको आग्रहमा भोलि शुक्रबार १० बजेभित्र आ–आफ्नो मन्त्रालयसहित सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय भएको छ। डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान चलाउने निर्णय भएको हो।’
कवाडी सामानहरुमा जमेका पानी फाल्ने सरसफाई गर्न अभियान चलाउने निर्णय भएको उनले बताएका छन् ।