काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४४ जना कर्मचारीको सरुवा र पदस्थापना गरेको छ।
मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि कार्यरत रहेका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको हो। 'वर्षौंदेखि कार्यरत रहेकाहरुलाई अन्यत्र सरुवा गरिएको हो,' स्रोतले भन्यो।
मन्त्रायले ११ जना शाखा अधिकृत, ३ जना तथ्यांक अधिकृतको सरुवा र पदस्थापन गरेको छ। जसमा ११ जनाको सरुवा भएको छ भने ३ जनाको पदस्थापन भएको छ।
यसैगरी, २६ जना नायब सुब्बाको सरुवा र पदस्थापन भएको छ। जसमा १७ जनाको सरुवा र ९ जना पदस्थापन भएका छन्।
खरिदार तर्फ तीन जनाको सरुवा र १ जनाको पदस्थापन भएको छ।