काठमाडौं- स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा महेन्द्रबहादुर विष्टको निधन भएको छ। डा विष्टको शनिबार बिहान निधन भएको हो। उनको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।
लामो समयदेखि बिरामी डा विष्टको ७५ वर्षको उमेरमा निधन भएको हो। गत वर्ष मस्तिष्कघात भएपछि उनको अवस्था थप बिग्रिएको थियो। उनको अस्पतालमा नै थप उपचार भइरहेको थियो। डा विष्टका दुई छोरा र श्रीमति छन्।
डा विष्टले नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका छन्। मेडिकल अधिकृतबाट स्वास्थ्य सेवाम प्रवेश गरेका डा विष्ट अस्पताल निर्देशक हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्म भएका थिए।
स्वास्थ्य सेवाबाट उनले डेढ दशकअघि अवकाश पाएका थिए।