न्युयोर्क- अमेरिकी राष्ट्रपति चुनावको रचारको अन्तिम दौडमा रहेकी कमला ह्यारिसले प्रतिष्पर्धी डोनाल्ड ट्रम्पको स्वास्थ्यमाथि सवाल उठाएकी छिन्। उनले सञ्चारमाध्यमसँग भागिरहेको बताउँदै उनले प्रचारमै ट्रम्प थाक्न थालेको उल्लेख गरेकी छिन्।
मिसिगनमा एक र्यालीलाई सम्बोधन गर्दै उनले भनिन्, 'ट्रम्पसँग अमेरिकाका लागि कुनै योजना छैन। जस्तो कि हामीले देखिरहेका छौं, उनले आफूमाथि मात्रै ध्यान दिइरहेका छन्। उनी बहशबाट जोगिरहेका छन्। अन्तर्वार्ता रद्द गरिरहेका छन्।'
ट्रम्पले पछिल्लो हप्ता तीन मिडिया इन्टरभ्यु क्यान्सिल गरेका थिए। ह्यारिसले थकानका कारण उनले अन्तरवार्ताको सामना गर्न नसकेको बताइन्।
प्रचारमै थाक्न व्यक्ति संसारकै कठिन काम (अमेरिकाको राष्ट्रपति) कसरी बन्छ ? भन्दै उनले प्रश्न गरेकी छिन्।