काठमाडौं- अमेरिकी राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छिन्। उनका रेकर्डअनुसार स्वास्थ्य 'साह्रै राम्रो' श्रेणीमा छ। उनी राष्ट्रपति पदका लागि पूर्णतया फिट रहेको दर्शाएको छ।
ह्यारिसले मेडिकल रेकर्ड सार्वजनिक गरेलगत्तै ट्रम्पमाथि दबाब सिर्जना भएको छ। ट्रम्पले मेडिकल रेकर्ड सार्वजनिक गर्न सकेका छैनन्। त्यसलाई पारदर्शिताको अभावका रुपमा लिइएको छ।
यसैलाई लिएर ह्यारिसले भनेकी छिन्, 'ट्म्प अमेरिकी जनता आफ्नो भावी राष्ट्रपति फिट भए नभएको जानकारी पाउनु भन्ने चाहदैनन्।'
ट्रम्पका टिमका डाक्टरले मेडिकल रेकर्ड सार्वजनिक नै नगरी उनको स्वास्थ्य फिट रहेको जवाफ दिएका छन्।