काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेको छ। आइतबार लिएको कार्ययोजना प्रस्तुति सहितको अन्तर्वार्ता पछि वर्तमान डिन प्राडा दिव्यासिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतको नाम सिफारिस भएको हो।
अल्पसूचीमा प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ पनि थिए। उनीहरु दुईजनालाई बाहिर राख्दै तीनजनाको नाम सिफारिस गरिएको हो।
त्रिवि कार्यकारी परिषद्ले सिफारिसमा परेका तीनमध्ये एकजनालाई डिन नियुक्त गर्नेछ। डा शाहको ४ वर्षे कार्यकाल गत असार ३ सकिएको थियो। डा शाहले अर्को कार्यकालका लागि पनि रुचि जताएकी छिन्।
डिनका लागि प्राडा रमेशसिंह भण्डारी, प्राडा निरजु रञ्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा मिता राणा, सह प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेलले आवेदन दिएका थिए।