काठमाडौं- भारतीय कम्पनीहरुले उत्पादन गरेका ५३ औषधि गुणस्तरहीन भेटिएका छन्। गुणस्तरहीन औषधिमा पारासिटामोलदेखि, भिटामिन, सुगर र प्रेसको औषधिका साथै एन्टबायोटिक्स समेत छन्।
भारतको औषधिको गुणस्तर नियन्त्रण निकायक ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले गुणस्तर फेल औषधि र उत्पादन गर्ने कम्पनीको नामसूची सार्वजनिक गरेको छ।
सूचीमा एन्टिडायबेटिक औषधि, उच्च रक्तचापका औषधि र क्याल्सियममा पनि छन् । त्यसगरी एन्जाइटीका लागि प्रयोग हुने क्लोनाजेपाम ट्याबलेट, दुखाइ कम गर्ने डिक्लोफेनक, सास सम्बन्धी रोगमा प्रयोग हुने एन्ब्रोक्सोल र एन्टिफंगल फ्लुकोनाजोल छन्।
यी औषधि हेटेरो ड्रग्स, अल्केम लेबोरेट्रीज, हिन्दुस्तान एन्टिबायोटिक्स लिमिटेड, कर्नाटक एन्टिबायोटिक्स एन्ड फार्मास्युटिकल्स लिमिटेड जस्ता ठूला कम्पनीले बनाउँछन्। पेटको संक्रमण प्रयोग हुने मेट्रोनिडाजोल पनि गुणस्तर फेले भएको छ। जुन हिन्दुस्तान एन्टिबायोटिक्सको उत्पादन हो।
हेर्नुहोस् सूची