काठमाडौं- राष्ट्रपति पदका लागि डेमोक्र्याटका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले 'प्रजनन स्वतन्त्रता'लाई आगामी निर्वाचनमा माहोल बनाउने प्रमुख अजेन्डामध्ये एक बनाएकी छिन्।
हालसालै सम्पन्न लाइभ डिबेटमा सहजकर्ताले यो विषयलाई पनि उप्काएको थिए । गर्भपतन सम्बन्धी ५० वर्ष पुरानो कानुन रो एन्ड वेड उल्ट्याउने अदालतको निर्णयपछिको यो पहिलो राष्ट्रपतीय निर्वाचन हो।
सहजकर्ताले गर्भपतन स्वतन्त्रतासँग जोडिएको कानुनमा हस्ताक्षर गर्ने विषयमा गरेको प्रश्नमा ट्रम्पले जवाफ दिन आनाकानी गरे। तर, ह्यारिले 'गर्वका साथ' त्यस्तो कानुनमा हस्ताक्षर गर्ने बताइन्।
दुई वर्षअघि उल्टियो कानुन
अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई दुई वर्षअघि उल्ट्याएको थिए । ९ जना न्यायाधीमा ६ जना उल्ट्याउने र ३ जना कायम राख्ने पक्षमा देखिएका थिए । उल्ट्याउने पक्षमा देखिएका ३ न्यायाधीश ट्रम्प यसअघि राष्ट्रपति हुँदा नियुक्त भए थिए । त्यसले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको थियो।
आदेशले राज्यहरूलाई नै गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प दिएको छ। उक्त निर्णयको सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका त्यहाँका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूले समर्थन गरेका थिए। जो आगामी निर्वाचनमा ट्रम्पका पक्षमा उभिनेछन्। अन्य धेरैले सार्वजनिक प्रर्शन समेत गरेका थिए।
गर्भपतनको पक्षमा रहेकाहरुको समर्थन ह्यारिसका पक्षमा बढ्दो छ। जसले ह्यारिसका पक्षमा माहोल बनाउने भूमिका खेलिरहेको देखिरहेको छ । ह्ययारिसले गर्भपतनको विषय आफ्नो अभियानको केन्द्रबिन्दुमा राखेकी छन्। उनले गर्भपतनलाई कानुनी मान्यता दिने भन्दै राष्ट्रव्यापी रूपमा प्रजनन अधिकारलाई सुरक्षित गर्ने कानुनमा जोड दिएकी छन्।
पछिल्ला साताहरूमा ट्रम्पले गर्भपतनसम्बन्धी मामिलामा कसरी स्पष्ट सन्देश दिने भन्ने कुरामा सङ्घर्ष गरेको देखिएको छ। उनले राष्ट्रपति हुँदा सर्वोच्च अदालतमा नियुक्त गरेका तीन न्यायाधीशहरू गर्भपतन गर्न पाउने संवैधानिक अधिकारलाई उल्ट्याउने कार्यमा निर्णायक रहेका थिए। सन् १९७३ मा प्राप्त उक्त अधिकारलाई 'रो भर्सस वेड' भनिन्छ।
'रो भर्सस वेड' के हो?
सन् १९७३ मा गरिएको 'रो भर्सस वेड' फैसलाले आफू सक्षम नभएसम्म गर्भपतन गर्ने महिलाको अधिकार रक्षा गरेको थियो।
उक्त आदेशानुसार महिलाहरूले गर्भावस्थाको पहिलो त्रैमासिक वा २८ हप्ता अघिसम्म गर्भपतन गर्न पाउँथे। तर दोस्रो त्रैमासिकमा गर्भपतन निषेध गरेको तियो।
अमेरिकाका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूले गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका थिए।
परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा छ र विपक्षमा छ न्यायाधीश उभिए।
अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकार स्पष्ट उल्लेख गरेको छैन र सर्वोच्च अदालतको यो फैसलाले गर्भपतनको अधिकार सुनिश्चित गर्ने विगतको फैसला अवैध भएको ठहर गरेको छ।