काठमाडौं- चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ।
आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।
आयोगले तीन वटै प्रतिष्ठानलाई ५०/५० जना विद्यार्थी पढाउन मिल्ने गरी सिट निर्धारण गरेको हो।
यी तीन वटै संस्थाले एमबीबीएस अध्ययनका लागि पहिलो पटक सिट पाएको हुन्।