काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारी स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने जात्रा तथा पर्वको सूची सार्वजनिक गरेको छ।
सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्देशन अनुसार सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह गर्न मन्त्रालयले सबै संघीय अस्पतालहरुलाई परिपत्र गरिसकेएको छ।
यी हुन् सार्वजनिक बिदामा स्वास्थ्य सेवा पाइने जात्रा तथा पर्वहरु
(क) पर्व बिदा:-
१. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी ५. घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व / योमरी पुन्हि (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व / माघे सङ्क्रान्ति १०. सोनम ल्होसार ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा );
(ख) जात्रा बिदा:-
१. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा
(ग) सार्वजनिक दिवस:-
१. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस; (घ) जन्मजयन्ती बिदाः-
१. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)