काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। डीनका लागि इच्छुक उम्मेदवारले ७ दिनभित्र निवेदनसहितको आशयपत्र बुझाउने समय दिइएको छ।
त्रिवि कार्यकारी परिषद्ले ३२ साउनमा गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै ७ दिनको समय दिएको हो। कार्यकारी परिषदले प्राडा कृष्णकुमार(केके) ओलीको संसोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो। समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य छन्।
नयाँ डीनका लागि नाम सिफारिस गर्न गठित समितिको सूचनामा आवश्यक कागजातहरुका साथै आशयपत्र [email protected] इमेलमा पेश गर्न भनिएको छ।
‘त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम त्रि.वि.का निम्नलिखित अध्ययन संस्थान र संकायका डिन पदका लागि योग्य उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा विनियममा उल्लेखित आवश्यक कागजातहरुका साथै आशयपत्र [email protected] इमेलमा पेश गर्नुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।
नाम सिफारिस समितिले सात दिनभित्र आएका आशयपत्रको अध्ययन गरी ५ जनालाई सर्ट लिष्ट गर्ने छ। सर्ट लिष्टमा परेका ५ जनामध्ये समितिले ३ जनाको नाम त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्ने छ। कार्यकारी परिषदले तीन जनामध्ये एक जनालाई डीनमा नियुक्त गर्नेछ।
त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्या सिंह शाहको चार वर्षे कार्यकाल गत असार ३ गते सकिएको थियो। कार्यकाल सकिएपछि उनलाई अर्को व्यवस्था नभएसम्मका लागि डीनकै जिम्मेवारी दिइएको छ।
के-के छन् मूल्यांकनका आधारहरु?