काठमाडौं- चितवनको बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता भएको छ।
रत्ननगर नगरपालिका कार्यालयको नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार सो पालिकामा बसोवास गरेका विपन्न नागरिकहरूलाई क्यान्सर रोग लागेमा उक्त रोगको निदान, औषधि र उपचार सहयोग कार्यक्रम कार्यान्वयनका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता भएको हो।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल र रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाबीच उपचारमा सहयोग सम्बन्धी सम्झौता गरिएको हो। जुनसुकै प्रकारको क्यान्सर रोगको उपचारको लागि प्रति बिरामी बढीमा पच्चिस हजार रूपैयाँ नगरपालिकाले उपलब्ध गराउनेछ।