नयाँदिल्ली- भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या प्रकरणमा आरोपी सञ्जय रायसहित ६ जनाको पोलिग्राफ टेस्ट हुने भएको छ। त्यसमा कलेजका पूर्व प्रिन्सिपल डा सन्दिप घोषको अलावा पीडित डाक्टरसँग ८ अगस्टमा डिनर गर्ने ४ डाक्टर पनि छन्।
शुक्रबार सीबीआईले मुख्य आरोपी सञ्जय रायलाई सियालदहको स्पेशल कोर्टमा पेश गरिएको छ। जहाँअदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ। सुनुवाइका क्रममा सञ्जयले पोलिग्राफी टेस्टका लागि आफू तयार बताएका थिए।
आरजी कर मेडिकल कलेजमा ९ अगस्टमा एक ट्रेनी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। त्यसको बिरोधमा चिकित्सकले आन्दोलन गरिरहेका छन्।
चिकित्सकको सुरक्षाको ग्यारेन्टी र पीडितलाई न्यायको माग गरेका हुन्।