काठमाडौं - प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका साथै सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
यसका साथै सांसद डा तासिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ।
स्वास्थ्य संकटको पूर्व तयारीको विषय समेत समेटेर छलफलका लागि कार्कीले उक्त प्रस्ताव दर्ता गरेकी थिइन्। प्रस्तावमा रास्वपाका अरू ६ सांसदले समर्थन गरेका छन्।
वर्षायाममा प्राकृतिक प्रकोपसँषै विभिन्न रोगहरु समेत फैलिने भएकाले त्यसमाथि पनि छलफल गर्नुयपर्ने उनले बताएकी छिन्।
मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्वतयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति र्यासपिड रेस्क्यू टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरूरी महत्त्वको प्रस्ताव पेस गरेको उनले उल्लेख गरेकी थिक्षन्।