कोलकाता - कोलकाताको आरजी कर मेडिकल कलेज अस्पतालमा कार्यरत महिला चिकित्सकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्। उनीमाथि सोधपुछ जारी छ।
त्यो घटनापछि अर्को उपघटना घट्यो। अगस्ट १४ र १५ गतेको रात महिला र सिभिल सोसाइटीसँग जोडिएका मानिसहरुले 'रिक्लेम द नाइट'को नारा दिएर महिलालाई सडकमा उत्रिन आह्वान गरे। आरजी कर अस्पतालका विरोधमा रहेका चिकित्सकले मञ्च महिला डाक्टरका लागि छाडिदिए। त्यहीबेला अज्ञात समूहले धर्नास्थलमा हमला गर्योे र अस्पताल समेत तोडफोड गर्यो। प्रत्यक्षदर्शीमध्ये एक चिकित्साकी विद्यार्थी बिशाखाका अनुसार त्यसपछि मैनबत्ती बालेर र्यासली गर्ने तयारी चलिरहेको थियो।
पहिलो प्रश्न : अस्पतालमा हमला गर्ने को थिए ?
हमला हुन थालेपछि त्यहाँ रहेका सवै सुरक्षित स्थानतर्फ भागेको विशाखा बताउँछिन्। ढोका फोड्न नसकुन् भनेर भित्र रहेका सवै सामान ढोकामा थुप्रो लगाएर आफूहरु बसेको उनको अनुभव छ। रातभरी त्यसरी बसेका उनीहरु बिहान मात्रै बाहिर निस्के।
हमला गर्नेहरुले तोडफोड गरेर निस्के। उक्त मामलामा कोलकाता प्रहरीले १९ व्यक्ति पक्राउ गरेको छ। ती व्यक्तिहरु किन धर्ना भइरहेको ठाउँमा आए? किन उनीहरुले आक्रमण गरे? यस विषयमा प्रहरीले अझै बताएको छैन।
दोस्रो प्रश्न : हमला गर्ने भीड कहाँबाट आयो ?
यो घटनाको अर्को अहम् सवाल यो पनि हो कि प्रहरी यस विषयमा के गरिरहेको छ? जसले हमला गर्यो भनेर पक्रिएको व्यक्ति को हुन्? किन बताउन खोजिरहेको छैन? यसबाहेको अर्को प्रश्न हो- त्यो हमला गर्ने भीड कहाँबाट कसरी आयो ? त्यसबार अझै प्रस्ट जानकारी दिन प्रहरीले आनाकानी गरिरहेको छ।
यो भीडले प्रदर्शनस्थल मात्रै ध्वस्त गरेन, त्यहाँ राखिएको कुर्सी समेत तोडफोड गर्यो । उसको निशानामा अस्पतालको इमर्जेन्सी वार्ड समेत पर्योी। जुन पूरै क्षतिग्रस्त बनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार सवै एक घन्टाभित्र भयो र १५ भन्दा बढी प्रहरी घाइते भएको बताइएको छ।
तेस्रो प्रश्न : प्रहरी किन मौन?
अस्पतालका एक अधिकारीका अनुसार घटनापछि प्रहरीले त्यो भीडलाई लखेट्यो र त्यसका लागि अश्रुग्यास समेत प्रयोग गरेको थियो। प्रहरीले लगत्तै १२ र पछि ५ जना पक्राउ गरेको थियो। उनीहरु कुन राजनीति दल निकट हुन्? कुन संगठनका हुन्? यो बताउन इनकार गरिरहेको छ। यत्रो भीड कहाँबाट आयो? अस्पजतालका एक कर्मचारीका अनुसार चितपुर प्रहरी स्टेशन नजिकैको वस्तिका मानिसहरु थिए। तर प्रहरीले पुष्टि गरेको छैन।
चौथो प्रश्न : मुख्यमन्त्रीको प्रदर्शन को बिरुद्ध?
पश्चिम बंगालमा भएको यस घटनालाई लिएर राजनीतिक रस्साकस्सी सुरु भइसकेको छ। जबकी यसको पछाडीको कुनै ठोस सबुत अहिलेसम्म पेश गरिएको छैन। राज्यका मुख्यमन्त्री ममता बनर्जीले भीड बीजेपी र बाम दलका समर्थकको रहेको आरोप लगाएकी छिन्।
त्यही विधानसभा रहेका बीजेपी नेता शुभेन्दु अधिकारीले भीडमा रहेका व्यक्ति तृणमुल कांग्रेसका गुन्डा थिए।
घटनाको बिरोधमा मुख्यमन्त्री ममताले र्या ली निकालेकी छिन् । उनी आफैं प्रमुख हुन् र घटनासँग सम्बन्धित सबैभन्दा धेरै प्रश्न उनकै प्रशासनमाथि उठिरहेका छन्।
पश्चिम बंगालको राजनीति गर्माएको छ। यो घटनाले राजनीतिलाई नयाँ मोडतर्फ लैजान सक्छ। बीबीसी हिन्दीबाट