काठमाडौं- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित बनेका छन्। हेटौंडा अस्पताल सञ्चालनसहित फार्मेसी, बिएससी नर्सिङ, बिएससी ल्याबोरेटोरी मेडिसिन र पब्लिक हेल्थ अध्यापन गराउँदै आइरहेको प्रतिष्ठानका ३० जना प्राध्यापक पठनपाठन बन्द गराउने चेतावनी दिएर आन्दोलनमा होमिएका हुन् ।
प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न दरखास्त आह्वान गरिएपछि उनीहरु फेरि आन्दोलनमा उत्रेका हुन्। २०८१ साउन १४ मा दरखास्त आह्वान गरिएको छ।
उनीहरु यसअघि पनि विभिन्न माग राखेर आन्दोलित भएका थिए। २०८० मंसिर १० मा सहमति सहमति भएको थियो। सहमति कार्यान्वयनबाट प्रतिष्ठान नेतृत्व पन्छिरहेको उनीहरुको आरोप छ। उनीहरुले प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न माग गरेका छन्।
आन्दोलनरत प्राध्यापकहरु हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।