काठमाडौं- विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा सहभागी हुन नसक्नेको शुल्क फिर्ता गर्ने बताएकी छिन्।
कक्षा १२ को नतिजा प्रकाशन नहुँदै आयोगले फारम लिएको थियो। नतिजापछि हुने परीक्षामा नन ग्रेडमा परेकाहरु सहभागी हुन पाउने छैनन्।
सामाजिक सञ्जालमा सूचना जारी गर्दै उनले भनेकी छिन्, 'चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी)मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु।'