काठमाडौं- एक युवकले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका छन्। सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफालेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफाल्ने युवक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्य रहेको खुलेको छ। उनको लगत्तै उद्धार गरेको उपचार थालिएको तर गहिरो चोटका कारण उनलाई जोगाउन नकसिएको अस्पतालको भनाइ छ।
उनी त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त नभएको पनि प्रहरीले उल्लेख गरेको छ। उनले त्यहाँस्थित एस क्याफेमा कफी पिएर बसेको केही समयपछि हामफालेको बताइएको छ।