प्यूठान- प्यूठानमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेश कुमार गुप्ताका अनुसार गौमुखी गाउँपालिका-५ खुङ्गका १२ वर्षीय बालक र ३५ वर्षीय पुरुषमा हैजाको सक्रमण पुष्टि भएको हो।
केही दिन पहिले बिरामी भई उपचार गराइरहेका उनीहरुमा हैजाको संक्रमण पुष्टि भएको हो।
चार जना बिरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।