काठमाडौं- लेफ्टिनेन्ट जनरले साधना सक्सेना नायर भारतीय सेनाको मेडिकल सेवा महानिर्देशक बनेकी छिन्।
उनी उक्त पद सम्हाल्ने पहिलो महिला भएको बताइएको छ। पुणेस्थित सशस्त्र बल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले एम्सबाट मेडिसिनम एमडी गरेकी छिन्। एम्सबाट चिकित्सा सूचना विज्ञानमा थप दुई वर्षे कोर्स गरेकी उनले सीबीआरएम र मिलिट्री मेडिकल एथिक्सचको तालिम समेत लिएकी छिन्।
उनले पश्चिमी वायु कमान र प्रशिक्षण कमानकी एकमात्र महिला अधिकारीको रेकर्ड बनाइसकेकी छिन्। उनी भारतको शिक्षा तथा चिकित्सा नीति निर्माण समितिको विशेष सदसय समेत भइसकेकी छिन्। उनको परिवार तीन पुस्तादेखि भारतीय सेनामा रहेको छ।