काठमाडौं- सरकारले डा शैल रुपाखेतीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा रुपाखेतीसहित १९ देशमा राजदूत सिफारिस गरेको हो।
डा रुपाखेती शल्यचिकित्सक हुन्। उनी सोसाइटी अफ सर्जन्स नेपालका महासचिव हुन्।
डा रुपाखेती शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा क्याबिनेट चिकित्सक थिए।
सरकारले भारतमा शंकर शर्मा, अमेरिकामा लोकदर्शन रेग्मी, चीनमा कृष्णप्रसाद ओली, बेलायतमा चन्द्रप्रसाद घिमिरे, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रिता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल र मलेसियामा नेत्रप्रसाद तिमिल्सिनालाई राजदूत सिफारिस गरेको छ।