काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रसिद्ध आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतको भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्, 'बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।'
आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको डा रुइतको प्रेरणादायी अनुभवले आफूलाई ताजा महशुस गराएको उनले बताएका छन्।