काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी भर्ना गर्ने प्रक्रिया रद्द गरेको छ।
परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेको थियो। उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो। अहिले च्च अदालत पाटनको फैसला अनुसार विज्ञापन रद्द गरिइको परिषद्ले उल्लेख गरेको छ।
परिषद्ले दरखास्त पेस गर्ने आवेदकहरूलाई आवेदन शुल्क फिर्ताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ ।