काठमाडौं- लोक सेवा आयोगले विभिन्न सरकारी निकायमा आवश्यक जनशक्ति पदपूर्ति गर्न कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा र राष्ट्रिय मानव अधिकार सेवाका विभिन्न पदमा बुधबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगले पदपूर्तिका किसिम, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता र उम्मेदवारको सिफारिससमेत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
स्वास्थ्य सेवा अन्तर्गत एघारौं तहदेखि चौथो तहसम्मको पदपूर्ति कार्यतालिका पनि सार्वजनिक गरिएको छ। जुन यसप्रकार छ :