काठमाडौं- यसपल्ट अमेरिका राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारको उमेर र मानसिक स्वास्थ्य महत्वपूर्ण मुद्दा बनेको छ।
यी मुद्दामा राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प दुवै घेरिएका छन्। बाइडन ८१ र ट्रम्प ७८ वर्ष उमेरका छन्।
गत महिना ट्रम्प र बाइडेनको पहिलो सार्वजनिक बहशपछि यो मुद्दा अचानक तातेको हो। बाइडेन अमेरिकी इतिहासमै सवैभन्दा धेरै उमेरका राष्ट्रपति हुन्। उनी नै ट्रम्पलाई फेरि चुनौती दिने तयारी छन्। ट्रम्प चुनिएमा उनी दोस्रो धेरै उमेरका अमेरिकी राष्ट्रपति बन्नेछन्।
त्यसैले अहिले 'कग्निटिभ टेस्ट'को मुद्दा चलिरहेको छ। राष्ट्रपति बाइडेनले टेस्ट दिन इन्कार गरेका छन्। 'म सधैं कग्निटिभ टेस्ट दिइरहेको छु,' उनको दाबी छ। उनका चिकित्सकले त्यसको जरुरत नरहेको बताएको पनि उनले एबीसी न्युजसँगको अन्तर्वार्तामा बताएका छन्।
ट्रम्पले भने आफूले दूईपटक उक्त टेस्ट गराइसकेको बताएका छन्। एकपल्ट राष्ट्रपति हुँदा र एकपल्ट हालै गरिएको उनको दाबी छ। दुवै जाँचमा आफू सफल रहेको उनको भनाइ छ।
के हो कग्निटिभ टेस्ट?
कग्निटिभ परीक्षणमा फरक-फरक जाँच र परीक्षण सामेल हुन्छन्। जसले मानसिको दिमाग कति राम्ररी काम गरिरहेको छ भन्ने मापन गर्छ।
क्लिवल्यान्ड क्लिनिकका अनुसार यस जाँचमा कसैमा रहेको खाश रोगको निदान हुँदैन, तर कुनै उपचारका लागि जरुरी जाँच गराउनका लागि संकेत दिन्छ।
यदि कुनै व्यक्तिको स्मरण शक्तिमा ह्रास, व्यक्तित्वमा बदलाव, असन्तुलन, विगतका कुनै भाग नै बिर्सिने र जानकारी बुझ्न समस्या आइरहेको अवस्थामा जाँचका लागि सिफारिस गरिन्छ।
स्यानफोर्ड मेडिसिनका अनुसार यसका लागि धेरै प्रइवगमा आउने परीक्षमा एक मन्ट्रियल कग्निटिभ एसिस्मेन्ट हो, जो शंकास्पद मानिसमा कग्निटिभ स्किल अर्थात् संज्ञानात्मक कौशल आंकलन गर्ने सवैभन्दा छरितो उपाय हो।
यो जाँचमा स्मरण, एकाग्रता, बस्तुको नाम दिने क्षमता र मौखिक तथा लिखित आदेश पालना गर्ने क्षमताको परीक्षण हुन्छ।
कुनै मानसिक समस्या नभएकाहरुका लागि यो सहज हुन्छ भने मस्या भएकाहरुलाई यो जाँच कठिन लाग्छ। बाइडेनले आफ्नै मानसिक स्वास्थ्य अवस्थाबारे जान्न र अमेरिकी जनतालाई स्वस्थ भएको प्रमाणित गर्न उक्त जाँच गराउनु लाभदायक हुने चिकित्सकले बताइरहेका छन्।
एजेन्सीहरुको सहयोगमा