आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। योग मानव सभ्यताको प्राचीनतम र सुक्ष्म विज्ञान हो। यसले मानसिक र शारीरिक रुपमा सुखी बनाउँछ। संस्कृत शब्दको युज धातुबाट योग बनेको हो। जसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो। व्यक्तिको चेतनालाई परम चेतनासँग मिलाउनु नै योग हो। भौतिक रुपमा शरीर र मनको एकता वा लय हुनु योग हो।
योग किन?
मानसिक र शारीरिक रुपमा सुखी हुनका लागि योग गर्नुपर्छ। दुख, बन्धन, आत्मसन्तुष्टिको अभाव, मृत्युको अपरिहार्य, भौतिक संसारको अस्थिरता, कहिल्यै सन्तुस्ट नहुने मनको स्वभाव, भौतिक अवस्था र सम्बन्धहरुबाट स्थायी आनन्द असम्भव छ। यी सबै कुराबाट सुखी रहन र स्वस्थ रहन योग आवश्यक छ।
योगका प्रमुख चार मार्गहरु
- प्रबल इच्छा शक्ति भएकाहरुका लागि अस्टांगयोग (राजयोग)
- तार्किक प्रकृति भएकाहरुका लागि ज्ञानयोग
- भावनात्मक झुकाब भएकाहरुका लागि भक्तियोग
- सक्रिय प्रकृति भएकाहरुका लागि कर्मयोग
योग गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु
- निरन्तरताको संकल्प
- शरीरको अवस्था
- मानसिक स्थिति
- अभ्यास गर्ने स्थान र वातावरण
- खानपान
- योग गर्ने समय
- पोशाक
- प्रत्यक्ष प्रशिक्षणको आवश्यकता
सावधानी/ कसले नगर्ने?
ज्वरों, शरीरमा संक्रमण, उच्च रक्तचाप, ढाडका नशा च्यापिने अवस्था, मुटुरोग, हर्निया, पेटको क्षय रोग, महिनावारीको समयमा भने योग गर्नुहुँदैन।