काठमाडौं- एस्ट्राजेनेकाको फर्मुला प्रयोग गरेर कोभिड १९ को खोप कोभिसिल्ड बनाएको सिरम इन्सिच्युटले तीन वर्षअघि नै खोप बनाउन बन्द गरेको बताएको छ। एस्ट्रेजेनेकाको उक्त खोपको गम्भीर साइड इफेक्ट देखिएको स्विकारपछि यस्तो प्रष्टोक्ति दिएको हो।
मंगलबार एस्ट्राजेनेकाले मंगलबार सबै खोप हटाउने निर्णय लिएको थियो। सिरम इन्सिच्युट अफ इन्डियाले एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्डस बनाएको हो।
सिरमका प्रवक्ताले भने, 'भारतले सन् २०२१ र २०२२ मा उच्च मात्रामा खोप लगायो। नयाँ भेरिएन्ट आएपछि पुरानो भ्याक्सिनको माग घटेको थियो।'
त्यसपछि बनाउन र बजार पठाउन बताएको कम्पनीले बताएको छ। कम्पनीले थपेको छ, 'अहिलेको चिन्ता र सुरक्षाको मापदण्डमा हामी प्रतिबद्ध छौं। सन् २०२१ मा भ्याक्सिनकी प्याकजिङका बारेमा असमान्य साइड इफेक्टका बारेमा जानकारी दिइयो।'
एस्ट्राजेनेकाले केही दिनअघि मात्रै आफ्नो खोपमा साइड इफेक्ट रहेको अदालतसमक्ष स्वीकार गरेको थियो।