अफगानिस्तान- अफगानिस्तानमा चार दिने घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु भएको छ। अभियानअन्तर्गत पाँच वर्षमुनिका दुई करोड चालिस लाख बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाइनेछ।
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन एको पूरक डोज पनि खुवाइनेछ। बाम्यान, दयाकुण्डी र घोर प्रदेशमा भारी वर्षा र चिसो मौसमका कारण अभियान ढिला भएको बताइएको छ।