भरतपुर- चितवन जिल्लाको भरतपुरस्थित जिल्ला कै पहिलो निसन्तान उपचार केन्द्र चितवन फर्टिलिटी सेन्टर आजबाट सातौं वर्षमा प्रवेश गरेको छ।
२०७४ सालदेखि चितवन तथा आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिँदै आएको यस केन्द्रले अहिलेसम्म ४५० भन्दाबढी निसन्तान दम्पतीहरुलाई सन्तान सुखको अवसर प्रदान गरिएको डा हेम सुवेदीले बताए।
आज भरतपुरमा रहेको आफ्नै कार्यालयमा आयोजित संस्थाको छैठौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा यस केन्द्रबाट सन्तान सुख पाउन सफल अभिभावक तथा बच्चाहरुलाई बिशेष सम्मान गरिएको थियो।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक डा राजेन्द्र गौतमले यस केन्द्रबाट निसन्तानपन उपचारका लागि आउने दम्पतीका लागि अब थप सेवाको रुपमा (आईभीएफ) सेवा सुरु गरिने जानकारी दिए। यो फर्टिलिटी सेन्टरमा वरिष्ठ निसन्तानपन विशेषज्ञ डा सविना श्रेष्ठको सेवा प्रत्येक महिना उपलब्ध रहेको छ।