काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरले अब शल्यक्रिया सेवा ( ओटी)सेवालाई अनलाइन प्रणालीमा आवद्ध गरेको छ।
ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद कुमार यादवले शुक्रबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै ओटी सेवा अनलाइन प्रणालीमा आवद्ध भएको जनाएका हुन्।
नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन ओटी सेवा अनलाइन प्रणालीमा आवद्ध गरेको डा यादवले जानकारी दिए।
उनका अनुसार अब ओटी सेवाका लागि पालो कुर्ने बिरामीको संख्या, ओटी भइरहेको बिरामीको संख्या ओटी खाली छ वा छैन लगायतका विषयमा विस्तृत जानकारी अनलाइनमा राखिने छ।