नयाँदिल्ली- भारतीय जनता पार्टी (बिजेपी) लोकसभा निर्वाचन २०२४ का लागि घोषणा पत्र जारी गरेको छ। 'मोदी कि गारंन्टी संकल्प पत्र' नामक घोषणा पत्रमा ७० वर्ष कटैका हरेकलाई पाँच लाख बराबरको निशुल्क उपचार गराउने बाचा गरिएको छ।
उनले भनेका छन्, 'अब हरेक ७० कटेकालाई आयुष्मान भारत योजनामा समेटिनेछ। बृद्ध अवस्थामा उपचारको चिन्ता हुन्छ । भाजपाले त्यसलाई दूर गर्नेछ। सवै वर्गका लागि यो सेवा उपलब्ध हुनेछ।'
भारतमा जारी आयुष्मान भारत योजना अन्तर्गत ७० कटेका सवैलाई ल्याउने बताइएको हो। जन औषधि केन्द्रमा पाइने ८० प्रतिशत डिस्काउन्ट जारी रहने र यसलाई विस्तार गरिने ग्यारेन्टी उनको छ।