काठमाडौं– नेपालका स्वास्थ्य संस्थाहरुबाट उत्पादित करिब १० प्रतिशत फोहोर मैलाहरुको मात्रै उचित व्यवस्थापन हुने अध्ययनले देखाएको छ ।
विश्वका आधा भन्दा बढी जनसंख्या स्वास्थ्य सामग्रीजन्य फोहोरका कारण प्रभावित हुने गरेको पाइएको छ । नेपालमा स्वास्थ्य संस्थाहरुबाट दैनिक ७५ टन फोहोर उत्पादन हुने गरेको पाइएको छ।
स्वास्थ्य सामग्रीजन्य फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि नै काम गरिरहेको छ। मन्त्रालयले स्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार स्वास्थ्य जन्य फोहोर व्यवस्थापनको कार्य गर्दै आएको छ।
स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य शिक्षा तथा तालिम केन्द्रको संयुक्त आयोजना स्वास्थ्यजन्य फोहोरमैला सामग्रीको उचित व्यवस्थापनका लागि विभिन्न अस्पतालहरुमा तालिम समेत दिइएको थियो।
कोरोना महामारीको समयमा स्वास्थ्यजन्य फोहोर मैलामा बृद्धि भएको थियो। त्यतिबेला स्वास्थ्य मन्त्रालयले नै त्यस्ता सामग्रीको उचित व्यवस्थापनको आवश्यकता महसुस गर्दै त्यसका लागि तालिमको व्यवस्था गरेको हो।
जसमा १८,१९ अस्पतालहरुमा यस्ता सामग्रीहरुको उचित व्यवस्थापनका लागि तालिम दिइएको थियो। जसमा फोहोरमैलाको उचित व्यवस्थापनका लागि सहयोग समेत गरिएको थियो।
जसमा नेपालभरका अस्पतालहरुलाई छनौट गरिएको थियो। जसमा काठमाडौं उपत्यका ४ अस्पताल तथा उपत्यका बाहिरका ९ अस्पतालहरुलाई समावेश गरिएको थियो।