स्वास्थ्य हो जीवन हाम्रो, स्वास्थ्य नै हो पूजा
यसैमा अडेको छ हाम्रो सम्पूर्ण कामकाज
स्वास्थ बिग्रे बिग्रन्छन् हाम्रा सबै कुरा,
न रहन्छ भविश्य, न त हुन्छ कुनै सपना पूरा ।
स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दर
यही सही भएन भने बाँच्नु पर्छ बनेर काँतर
ब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भए
मस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।
कति छन् शरिरमा नदेखिने पार्टपुर्जा
यी सही सलामत रहे बढ्ने गर्छ ऊर्जा
दुनियाँको सबै कुरा पाउन सक्छौं सजिलै
मनतनले स्वस्थ रहे दु:ख हुन्न कहिल्यै
आजको विश्व भागदौड देखिन्छ जताततै
पाइन्न सुखी जीवन सन्चो नभए कतै
मेसिन जस्ता मानव भए चलाए मात्र चल्ने
यान्त्रिक चिजले बाँधिदियो
काम सबै उसैले गरिदिओस भन्ने !!
स्वस्थ जीवन सृष्टिको सुन्दर कृति हो
यही रहे मात्र रहन्छ सारा मानव अस्तित्व
सुन्दर रुप हुन सक्छन् एक्दिन पुरानो
शरीर स्वस्थ राख्यो भने लाग्ने छैन संसार बिरानो
त्यसैले सबैले स्वास्थ्यको ख्याल राखौं
स्वस्थ भए ल्याउन सकिन्छ खुशीहरु लाखौं ।