बेलायत- प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफू क्यान्सरको उपचारमा रहेको बताएकी छिन्। पहिलो स्टेजको क्यान्सर भएकाले चाँडै निको हुने उल्लेख गरेकी छिन्।
एक भिडियो विज्ञप्ति जारी गर्दै उनले भनिन्, 'अविश्वसनीय रुपमा केही महिना असाध्यै कष्टकर रहे। क्यान्सर भएको थाहा पाउनु हाम्रा लागि ठूलो झट्का थियो।'
अहिले आफू ठीक रहेको बताउँदै हरेक दिन थप बलियो हुँदै गइरहेको महशुस भइरहेको उनले बताएकी छिन्।
उनको पेटको अपरेशनका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो। आफ्नो मेडिकल टिमले प्रिभेन्टिभ किमोथेरापी कोर्स लिन सुझाएअनुसार गरिरहेको बताइन्।
किमोथेरापी फेब्रुअरीको अन्त्यएबाट सुरु भएको उल्लेख गरेकी छिन्। ४२ वर्षीया उनले भनेकी छिन्, 'हरकोही व्यक्ति जो कुनै न कुनै रोगसँग लडिरहनुभएको छ, तपाईं आफ्नो हौसला कम नगर्नुहोस्। तपाईं एक्लो होइन।'