काठमाडौं- पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरिएो छ। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरिएको हो।
सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप दिन थालेको हो। पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप दिइने छ।
त्यस्तै भेरी अस्पतालमा चैत ६, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चैत ८ र डडेलधुरा अस्पतालमा चैत १५ बाट एचपीभीको दोस्रो मात्रा दिइने छ। एचपीभी दोस्रो मात्राको खोप लिन जाँदा अनिवार्य खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ।