काठमाडौं- भारतीय सुप्रिम कोर्टले भ्रामक विज्ञापनलाई लिएर जारी मुद्दामा अदालतको अपहेलना गरेको भन्दै पतंजलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ।
अदालतले नोटिस जारी गरेर दुवैलाई अर्को तारिखमा अदालतमा पेश हुन आदेश दिएको हो। न्यायाधीश हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको इजलासले कम्पनीलाई अपहेलनाको नोटिसको जवाफ नदिनुको कारण समेत सोधेको छ।
वास्तवमा यो मामला पतंजली आयुर्वेदका औषधिलाई लिएर प्रसारित हुने विज्ञापनमा भ्रामक दाबी गरिएको विषयमा हो। पहिले जारी भएको नोटिसमा पतंजलीका वकिलले आफ्नो कम्पनी आगामी दिनमा विज्ञापनमा भ्रामक दाबी नगर्ने बताएका थिए। त्यसका बाबजुद पनि दाबी निरन्तर जारी छ।
त्यसपछि अपहेलना नोटिस जारी भएको थियो तर त्यसको जवाफ आएन। त्यसपछि रामदेव र बालकृष्णलाई नै उपस्थित हुन आदेश दिइएको हो।