काठमाडौं- नेपाल चिकित्सक संघका महासचिव डा सञ्जिब तिवारीको नेतृत्वमा सोलुखुम्बु जिल्लाको स्याङबोचेमा चिकित्सक दिवस मनाइएको छ। 'समाजको लागि चिकित्सक र चिकित्सकको लागि समाज' भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको महासचिव डा तिवारीले जानकारी दिए।
डा तिवारीले स्याङबोचेमा संघको झण्डा समेत लगेका थिए। डा तिवारीको टोलीले नेपाल चिकित्सक संघको झण्डा लिएर समुद्री सतहबाट ५ हजार ६ सय मिटरको उचाईमा रहेको सगरमाथाको बेस क्याम्प कालापत्थरसम्म पुग्ने छन्।
समाजका लागि चिकित्सक भन्ने नारालाई सार्थकता दिन ७४ औँ नेपाल चिकित्सक दिवस मनाउन सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र पुगेको संघका महासचिव डा तिवारीले जानकारी दिए।