काठमाडौं- औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा बद्रि रिजालले एक सूचना जारी गर्दै औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरु (न्यूट्रास्युटिकल) सिफारिस नगर्न/नगराउन भनेका छन्। 'गैरकानुनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल वनावट ( ट्यावलेट / क्याब्सुल / सिरप) गैरकानुनी रूपमा विक्री वितरण भएकोले यस्ता औषधी पैठारी, विक्री वितरण, सञ्चय, परिवहन तथा विरामीलाई सिफारिस नगर्न विभागले अनुरोध गरेको थियो। सोही अनुसार अस्पतालले रोक लगाएका हुन्।
निर्देशन विपरिता त्यस्तो सिफारिस गरिएको भेटिएमा सम्बन्धित चिकित्सक/ स्वास्थ्यकर्मीलाई कानून वमोजिम कारवाहीको लागि सिफारिस डा रिजाल र भरतपुर अस्पतालका प्रवक्ता रामप्रसाद सापकोटाले चेतावनी दिएका छन्।