काठमाडौं- नेपाल चिकित्सक संघले ७४ औं नेपाल चिकित्सक दिवस मनाउन आफ्ना शाखाहरुलाई आग्रह गरेको छ।
नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको २००७ साल फागुन २० गते स्थापना गरिएको थियो।
उक्त दिनलाई नेपाली चिकित्सकहरुको एकताको दिनको रुपमा स्मरण गर्दै प्रत्येक वर्षको फागुन २० गते नेपाल चिकित्सक दिवस मनाइन्छ।
यस वर्ष ७४ औं नेपाल चिकित्सक दिवस फागुन २० गते "समाजको लागि चिकित्सक र चिकित्सकको लागि समाज" भन्ने मुख्य नाराका साथ मनाइँदैछ।