काठमाडौं-स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ। उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालकी नर्स बबिता विष्टले पाएकी छन्।
यस्तै स्वास्थ्य सेवा पुरस्कार कालिकोटका सिअहेव दीर्घ वहादुर नेपाली, किरण कुमारी (सिअनमी, बारा), डा केशर वहादुर ढकाल ( सुर्खेत अस्पताल) र सुश्मा थपलिया (फार्मेसी निरिक्षक) ले पाएका छन्।
अनमी विष्टले एक लाख रुपैयाँ पाइन् भने अन्यले जनही ५० हजार रुपैयाँ पाएका छन्।