काठमाडौं- नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनर (युएसएमएलई)ले नेपाली चिकित्सकको नतिजा रद्द गरेको विषयमा चलिरहेको मुद्दाको सुनुवाई बुधबार हुँदैछ। अमेरिकाको वासिंटन डिसीस्थित अदालतमा चलिरहेको मुद्दाको पहिलो सुनुवाई अमेरिकी समय अनुसार बुधबार बिहान ११ बजे (नेपाली समय बेलुकी ९:४५ बजे) हुने भएको हो।
अदालतले दुवै पक्षलाई भौतिक रुपमै अदालतमा उपस्थित हुन भनेको छ। मुद्दाबारे निर्णय न्यायाशीस क्रिस्टोफर कुपरले गर्नेछन्।
बादी तथा प्रतिबादीलाई कोर्टरुम २७ ए मा उपस्थि हशुने न्यायाधीश कुपरले यसअघि आदेश दिएका थिए। युएसएमएलईले गरेको स्कोर रद्दको निर्णय अन्यायपूर्ण रहेको भन्दै नेपाली चिकित्सकले युएस डिस्ट्रिक्ट कोर्ट वासिङ्टन डिसीमा प्रभावित मुद्दा दायर गरेका थिए।
प्रतिबादी युएसएमएलईले नेपाली चिकित्सकको नतिजा रद्द गर्नुको कारणहरु राखेर ५७ पेजको जवाफ अदालतलाई बुझाइसकेको छ। जहाँ नेपाली विद्यार्थीले अस्वभाविक रुपमा उच्च स्कोर ल्याएको एवं नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको बताएको छ।