काठमाडौं- ऋतिक रोशनले फिल्म 'फाइटर'बाट खुब चर्चा कमाएका छन्। उनले यहाँ अभिनयका साथै एक्सन देखाएका छन्। तर, ती एक्सन दृष्यलाई दुरुस्त बनाउन उनले निकै संघर्ष गरेको बताएका छन्।
मुख्यतया चुरोट पिउने आदतले उनलाई सुरुमा समस्या पारेको थियो। यही फिल्म सुटिङका क्रममा उनले चुरोट पिउनुको हानी प्रत्यक्ष अनुभव गरेका हुन्।
उनले एक अन्तर्वार्तामा भने, 'एक हप्ता सुटिङ गरेपछि विस्तारै हर्टबिट बढेको महशुस हुन थाल्यो। मैले जाँच गरें, सत्य रहेछ। त्यसपछि मेरो चुरोट पिउने बानीको कारण यस्तो समस्या आएको मैले महशुस गरें र छाडें। चुरोट छाडेको केही दिनमै स्वस्थ महशुस गर्न थालें।'
उनले एक्सन सट दिने क्रममा भोक लाग्ने गरेको र त्यसमा पनि चुरोट पिउने गरेको खुलाउँदै जुन गल्ती नगर्न सवैसँग आग्रह गरेका छन्। चुरोट सेवनले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्यालइरहेको विषयलाई लिएर आफूले त्यसपछि अरुलाई पनि बताउने गरेको उनले अन्तर्वार्तामा भनेका छन्।