काठमाडौं- रास्वपाकी सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठानसम्म पुग्न नसक्ने जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको बताएकी छन्।
'जुम्ला भन्दा केही पर कर्णाली प्रतिष्ठान नजिकैको जिल्लामा स्वास्थ्य चौकी नहुँदा सामान्य उपचार समेत नपाउने अवस्था छ' आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भनिन् ' कर्णाली प्रतिष्ठानसम्म जान नसक्ने मान्छेले सामान्य स्वास्थ्य समस्यामा समेत उपचार नपाउने स्थिती छ।'
आफू गृह जिल्ला जुम्लामा रहँदा त्यहाँकी एक बुढी आमाले घुँडा दुखेको वर्षाै भइसकेको तथा कर्णाली स्वास्थ्य प्रतिष्ठानसम्म उपचारका लागि पुग्न नसक्दा उपचार पाउन नसकेको गुनासो गरेको बताएकी छन्।
उनले नजिकै स्वास्थ्य चौकी नहुँदा घुँडा दुखेको सामन्य उपचार समेत आफूले पाउन नसकेको गुनासो गरेको बताईन्।