काठमाडौं- सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
जसमा चिकित्सा शिक्षा आयोगको वा बोर्डको कामसँग सम्बन्धीत दक्षता भएको हुनुपर्ने, कम्तिमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकिय सीप तथा कौशल, स्वच्छ छवि र वयवसायीकता भएको हुनुपर्ने उल्लेख छ।
र्काविधिमा दरखास्त रद्द गर्न वा पुनः दरखास्त आह्वान गर्न सक्ने व्यवस्था गरिएको छ। दरखास्तका लागि प्रकाशित सूचना बमोजिमको न्यूनतम योग्यता पूरा नगरेको वा गलत तथा झुट्टा कागजात पेश गरेको पाइएमा समितिले कुनै पनि चरणबाट त्यस्तो उम्मेदवारको दरखास्त रद्द गर्न वा अपर्याप्त दरखास्त परेमा पुनः दरखास्त आह्वान गर्न सक्ने व्यवस्था गरिएको छ।
कुन योग्यतामा कति नम्बर?
चिकित्सा शिक्षा आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय योजना समन्वय तथा प्राज्ञिक उन्ननयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको कामसँग सम्बन्धित दक्षता भए वापत १० अंक प्रदान गरिनेछ। जसमा सम्बद्ध क्षेत्र सम्बन्धी कार्यमा संलग्न रही कार्य गरेको प्रमाणका आधारमा प्रति वर्ष १ अङ्कका दरले अङ्क प्रदान गरिनेछ। यसमा विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष रजिष्ट्रार डीन सहायक डीन विभागको प्रमुख क्याम्पस प्रमुख अस्पताल निर्देशक निर्देशक विषय समिति वा परिषद् वा कार्यकारी समिति वा अनुसन्धान समिति वा प्रशासनिक वा शैक्षिक समितिका अध्यक्ष वा उपाध्यक्ष वा सदस्य पदाधिकारी प्रशिक्षक वा चिकित्सा शिक्षा आयोग, विषयगत काउन्सिल वा परिषद्को पदाधिकारी वा सदस्य वा नेपाल सरकार वा चिकित्सा शिक्षा आयोग वा विश्वविद्यालय प्रतिष्ठान वा विषयगत काउन्सिल वा परिषदबाट गठित समिति उपसमिति कार्यदल कार्यटोलीको अध्यक्ष संयोजक, सदस्य प्रशिक्षक भई कार्य गरेको प्रमाणका आधारमा अंक प्रदान गरिनेछ।
यसैगरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशित विषय क्षेत्रसँग सम्बन्धित बढीमा १० वटा अनुसन्धानमूलक लेखरचना तथा प्रकाशनहरूको वेबसाइट लिङक वा सम्बद्ध प्रकाशित प्रति क्षेत्रसँग सम्बन्धित तालिम दिएको वा लिए वापत ५ अंक प्रदान गरिनेछ। अनुसन्धानमूलक लेख रचना तथा प्रकाशनका लागि प्राध्यापकका हकमा खोज अनुसन्धानमूलक लेख रचना तथा प्रकाशन वापतको अङ्ग गणना गरी नपुग भएको अवस्थामा तालिम समेतको अंक गणना गरिनेछ। कार्य अनुभव वापत २०, व्यवस्थापकिय सिप वापत ५, सोचपत्रको मुल्यांकनवापत ३०, प्रस्तुतीकरण वापत २० र अन्तरवार्ता वापत १० अंक प्रदान गरिनेछ।
हेर्नुहोस कार्यविधिको पूर्ण विवरण