छोरो अमेरिका छिर्यो, पनामाको जङ्गल हुँदै,
बाउ रोमानिया छिर्यो,खेत बेची कङ्गाल हुँदै।
छोरी आइफोनमा ट्विटर ,इन्स्ट्रा र फेसबुक हेर्छे,
आमा मुजा परेको अनुहार बोटोक्सले छोप्छे।।
घर कुर्ने हजुरआमा एक्लै अस्पताल आउँछिन्,
जहाँ छोयो त्यहि दुख्छ,निद लाग्दैन भन्छिन्
न केही कान सुन्छिन, न त आँखा देख्छिन्।
न त स्पर्श महशुस गर्छिन्,न भनेको बुझ्छिन्।।
ओखतिले के गर्छ उन्लाई ,माया चाहिएको
बोल्ने एउटा चाहिएको हो,सुन्ने चाहिएको,
फगत कलम घुमायर ,ओखति लेख्छु यउटा,
म पनि सोधिराछु हजुर, के गरुँ ए देउता