काठमाडौं- टेक अरबपति एलन मस्कका अनुसार उनको कम्पनी न्युरालिंकले पहिलोचोटी कुनै मानिसमा आफ्नो एक वायरलेस ब्रेन चिप सफलतापूर्वक इन्प्लान्ट गरिदिएको छ।
बीबीसीका अनुसार उनले भनेका छन्, 'प्रारम्भिक नतिजामा राम्रो न्युरोन स्पाइक्स थाहा लागेको छ। जुन बिरामीमा लगाइएको छ, उनीहरुमा राम्रो सुधार आइरहेको छ।'
कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोडेर जटिल न्युरोलोजिक रोग निरोध गर्न आफूले चाहिरहेको बताएको छ।
मस्कको कम्पनीलाई गतवर्ष एफडीएले मानवमा चिपको टेस्ट गर्ने अनुमति दिएको थियो। यसअघि कपाल भन्दा पातले यस चिपलाई रोबर्टमा प्रयोग गरिएको थियो। ६ वर्षसम्म यो चिपमाथि काम गरिएको छ। यस चिपको मस्तिष्कको त्यो भागमा लगाइएको छ, जसले मुभमेन्ट इन्टेसन नियन्त्रण गर्छ।'
न्युरालिंक ब्रेन चिप बनाउने एकमात्र कम्पनी होइन, अन्य प्रतिद्वन्द्वी कम्पनीले समेत ब्रेनमा डिभाइस इम्प्लान्ट गरेका छन्।