बाग्लुङ- बाग्लुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीमाथि दुर्व्यवहार भएको छ। म्याद गुज्रिएको औषधि वितरण गरिएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको हो।
उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ।
गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा म्याद गुज्रिएको औषधी खरिद गरिएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाले भने आइरन फोलिक एसिड खुवाउने कार्यक्रम नरहेको जनाउँदै उक्त औषधिबारे अनविज्ञता प्रकट गरेको छ।