काठमाडौं- जोरपाटी स्थित नेपाल मेडिकल कलेजले आफूले सञ्चालन गरेको होस्टेलमा नबसे फेल गरदिने धम्की दिएको विद्यार्थीहरु आन्दोलित भएका छन्। होस्टेलमा अनिवार्य बस्नुपर्ने कबुलियतनामा बनाएर बाध्य पारेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन्।
अनिबार्य होस्टेल बस्नुपर्ने र त्यहीँको खाना खानुपर्ने बताइएपछि उनीहरुले आन्दोलन गरेका हुन्। चिकित्सा शिक्षा संघर्ष अभियानको आन्दोलनपछि २०७८ माघ ११ गते कलेजकै होस्टेल र खाना अनिवार्य नगर्ने सहमति भएको विद्यार्थीहरुले बताएका छन्।
'काठमाडौं विश्वविद्यालयका तफर्बाट उपकूलपतिज्यू, डिनज्यू, बिभिन्न बिध्यार्थी सङगठन, प्राइभेट मेडिकल कलेज र शिक्षा मन्त्रालयको तर्फबाट पदाधिकारीज्यूहरूको उपस्थिति जनाई अब उप्रान्त कुनै पनि मेडिकल कलेजमा होस्टेल र खाना अनिवार्य नगरी बिध्यार्थीको स्वेच्छा गरिने भनि सहमति भएको थियो,' विद्यार्थीले ध्यानाकर्षण गराएका छन्।
'सहमति भएको दुई बर्ष पुग्दा पनि जोरपाटीस्थित नेपाल मेडिकल कलेजले बिध्यार्थीहरूलाई परिक्षामा फेल पारिदिने धम्की दिदैँ जबरजस्ती कबुलियतनामा बनाउन पठाएको र अनिवार्य होस्टेल र गुणस्तरबिहिन खानाका कारण बिध्यार्थीहरू कक्षा कोठा छोडेर निरन्तर आन्दोलनमा आउन बाध्य भएकोप्रति चिकित्सा शिक्षा संघर्ष अभियानको गम्भिर ध्यानाकषर्ण भएको छ',' बिज्ञप्ति जारी गर्दै भनिएको छ।
एकातिर आफ्नो जायज माग लिएर आन्दोलनमा बसेका बिध्यार्थीहरूलाई परिक्षाको धम्की दिने, बिध्यार्थीहरूको फोटो खिच्ने र अर्का तिर बिध्यार्थीहरूको मागप्रति कुनै चासो नदिएको भन्दै अभियानले विरोध जनाएको छ।
चिकित्सा शिक्षा ऐन २०९ दफा २ मा उल्लेख भएअनुसार विद्यार्थीहरूको छात्रावास र खाना सुविधा ऐच्छिक हुनुपर्ने उनीहरुले बताएका छन्।